बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट, तीन अर्ब ३६ करोडको कारोबार

मंगलबार, चैत्र १ २०७८

काठमाडौ । नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १७ दशमलव १५ अंकले घटेर २६ सय ५० दशमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दशमलव २६ अंकले घटेर पाँच सय दुई दशमलव ५९ अंकमा झरेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको ४६ हजार दुई सय ८७ पटकको कारोबारमा ६५ लाख २९ हजार २६ कित्ता शेयर किन बेच भएको छ भने कारोबार रकम तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँ पुगेको छ ।  

१३ वटा समुहको कारोबार भएक हुंदा चार वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेको छ। सो मध्ये निर्जिवन बीमा समुहको सुचक पनि ६७ दशमलव ३३ अंकले बढेर १२ हजार एक सय छ दशमलव २४ अंकमा पुग्दा जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ ।

वाणिज्य बैंक समुहको सुचक भने ११ दशमलव ७८ अंकले घटेर १७ सय आठ दशमलव ६० अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलविद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।