बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युक्रेनमा रुसले फौज पठाउने आदेशपछि विभिन्न देशको प्रतिबन्ध

बुधबार, फाल्गुन ११ २०७८

काठमाडौँ l  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा  रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाउन थालेका छन् ।पूर्वी युक्रेनमा फौज पठाउन रुसले आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाइरहेका छन् ।

बेलायतले रूसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रूससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने जनाएको छ ।  

क्यानडा र युरोपेली युनियनअन्तर्गतका अन्य देशहरूले पनि रुसी कदमको विरोध गर्दै प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन्  ।

पूर्वी युक्रेनमा पृथकताबादी समूहले नियन्त्रणमा लिएका दुई ओटा क्षेत्रलाई राष्ट्रपति पुटिनल स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै मंगलबार रुसी सेना पठाउन आदेश दिएका थिए ।

जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनका छुट्टिएका क्षेत्रहरूमा अमेरिकीहरूको नयाँ लगानी, व्यापार र अन्य आर्थिक कारोबारमा प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।