काठमाडौँ l नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने २५ दसमलव ४१ अंकले बढेर २७ सय १८ दसमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव १५ अंकले बढेर पाँच सय १८ दसमलव १९ अंकमा पुगेको छ।
दुई सय २४ वटा कम्पनीहरुको ४० हजार आठ सय ६९ पटकको कारोवारमा ४९ लाख ९२ हजार आठ सय ७९ कित्ता शेयर किनबेच भएका छन् भने आज कारोवार रकम दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा सबै समुहरुको सुचक बढेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १६ दसमलव २८ अंकले बढेर १७ सय ३६ दसमलव ४६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि २७ दसमलव २४ अंकले बढेर २२ सय ९५ दसमलव ९८ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव दुई अंकले बढेर १२ हजार दुई सय नौ दसमलव २३ अंकमा पुग्दा विकास बैंक, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बैंकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।