अशिम कुमार कटुवाल र देवी खड्काको सुमधुर स्वरमा रहेको “राजासाप” बोलको गीत सार्बजनिक भएको छ । गीतमा लय सुरज बुढाथोकीले भरेका हुन् भने शब्द बिनोद ढकालको रहेको छ । पिंडा पछिको खुसीमा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।
गीतमा महेन्द्र गौतम र अप्सरा कार्कीको मुख्य अभिनय रहेको देख्न सकिन्छ । “राजासाप” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, कोरियोग्राफी आधुनिक राजले गरेका हुन् भने छायांकन प्रवेश पौडेल र सम्पादन इश्वर जङ्ग खड्काले गरेका छन् । गीतको मिठासतालाई थप गर्न कोरस भोकलको रुपमा सन्तोस सुनाम, भुपेन्द्र पुलामी, बसन्ती लामा र संगीता राईको पनि स्वर रहेको छ ।