बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

सोमबार, माघ २४ २०७८

काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ४० दसमलव ५७ अंकले घटेर २८ सय ३६ दसमलव १७ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव ७३ अंकले घटेर पाँच सय ३१ दसमलव ९२ अंकमा झरेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको ७३ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड छ लाख ५१ हजार सात सय ५४ कित्ता शेयर किनबेच भएका छन् भने कारोवार रकम पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहरुको कारोवार हुंदा १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ। सो मध्ये वाणिज्य बैंक समुहको सुचक १९ दसमलव एक अंकले घटेर १८ सय १५ दसमलव ९० अंकमा झरेकोमा जलविद्युत समुहको सुचक पनि ३९ दसमलव ७१ अंकले घटेर ३४ सय ८६ दसमलव ७८ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ६० दसमलव ५५ अंकले घटेर २४ सय ४८ दसमलव ९८ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३१ दसमलव ४१ अंकले घटेर १३ हजार ८३ दसमलव ३१ अंकमा झरेको छ ।

यि बाहेक विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन्। 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुबित्त वित्तीय संस्था परेको छ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।