इटहरी । टाटा मोटर्सले निर्माण गरेको नयाँ मोडलको ट्रिपर इटहरीमा लन्च गरिएको छ।
‘मिनी लन्च’ भनिएको उक्त कार्यक्रममा टाटाको एसके १६१६ बीएस४ मोडलको ट्रिपरको बारेमा जानकारी दिइएको थियो।

बरिष्ठ उप बजार प्रबन्धक ओमकुमार पाण्डेले उक्त ट्रिपरको विशेषताबारे जानकारी गराएका छन्। ‘यो अहिले चलिरहेका भन्दा केही विशेषता भएको अर्को नयाँ प्रडक्ट हो’, पाण्डे भन्छन्।
यो हाई एचपी१६०, एबीएस ब्रेकिङ सिस्टम भएको ६ चक्के ट्रिपर नेपालमा नै पहिलो पटक आएको पाण्डेले जानकारी दिए। हाइवा टाइप बडी रहेको ट्रिपर नेपाल एसबीआई बैंकको सहकार्यमा ग्राहकले किन्न सक्नेछन्।