काठमाडौँ, बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘एकै नजरमा’ सार्वजनिक भएको छ ।जहा विक्कि परियारको स्वर, विष्णु वाबु देवकोटाको शब्द तथा टिका दहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका हुन् ।
केशब राज भट्ट्को निर्देशन र कोरियोग्राफीमा रहेको म्युजिक भिडियोले एउटा राम्रो प्रेम जोडीको बारे देखाउन खोजेको छ ।कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलिञ्चोकको रमणिय वातावरण सहित कलाकारहरुको एकदमै राम्रो प्रस्तुति देख्न सक्छौँ ।
म्युजिक भिडियोमा बुद्द थापाको छायांकन साथै दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।