बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालीको आम्दानी भन्दा खर्च धेरै

बुधबार, पुष २१ २०७८

काठमाडौं । दुईवाटा छुट्टा छुट्टै नीति अध्ययन संस्थाले गरेको अध्ययनले नेपालीको आम्दानी भन्दा खर्च अत्याधिक बढेको तथ्य सार्वजनिक गरेका छन् ।  

एकीकृत विकास अध्ययन संस्था, आइआइडिएस र नेपाली नीति अनुसन्धान संस्थाले दक्षिण एशियामै नेपालीहरुको आम्दानी न्यून भए पनि  खर्च अत्याधिक रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

गएको महिनाको प्रतिवेदनका अनुसार नेपालमा उपभोग्य वस्तुको मुल्य दैनिक महँगो बन्दै गएको तर तलबमान कम भएकाले समग्र अर्थतन्त्र जोखिममा छ । भारतमा भन्दा नेपालमा उपभोग्य वस्तुको मुल्य महँगो छ, तर नेपालीहरुको औसत आम्दानी भारतीयको भन्दा आधाले कम छ ।
न्युनतम तलवमान बढी तोक्ने तर आयातमा भर पर्ने, व्यापारमा धेरै नाफा खाने, उत्पादनमा बिचौलियाको बिगबिगी रोक्न नसक्दा समस्या बढेको ती संस्थाले ठम्याएका छन् ।

नेपालमा न्युनतम तलब एक महिनाको एक सय १९ अमेरिकी डलर अर्थात १३ हजार चार सय पचास रुपैयाँ छ । त्यस्तै बंगलादेशमा १ सय १८ र भारतमा १ सय ६० डलर न्युनतम वेतन छ । 

नेपालमा बैंक तथा वित्तिय संस्थाको आकार र संख्या अर्थतन्त्रको तुलनामा धेरै ठुलो हुँदा त्यसको असर समग्र आर्थिक अवस्थामा परेको पनि ठम्याइएको छ ।