बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सारा र समिरको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक

बिहिबार, पुष ८ २०७८

काठमाडौँ l सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ  ।

‘जय हो सरकार’ बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन, श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको  गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।