बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समिर खान र विनाको फिचरिङमा जाउ तिमी सार्वजनिक

सोमबार, पुष ५ २०७८

काठमाडौँ l गायक प्रमोद खरेलको नयाँ गीत जाउ तिमी को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र विना राउतले अभिनय गरेका छन । 

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ ।

आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।