बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गायक तथा संगीतकार राजनराज शिवाकोटीको ‘ढोकै खुलेन’ को सर्वत्र चर्चा

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौँ l गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ ।

गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् ।

एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलिमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई गायक सुवास पुरीले प्रस्तुत गरेका हुन् ।

गायक पुरीका कुरा काट्ने मान्छेले काटुन, मन बुढो भएन लगायतका गीतहरु चर्चित छन् ।