बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन स्थगित

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजनामा आगामी पुस २, ३ र ४ गते सम्म प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम थियो ।

सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका सहोदर दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष सुवर्ण कुमार श्रेष्ठको असामयिक दुःखद निधन भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन हाललाई स्थगित गरिएको महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै सबैमा जानकारी गराएको छ ।

प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने पनि महासंघले जनाएको छ ।