बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्ण र विष्णु फिचर्ड ‘चोखो माया’ सार्वजनिक 

आइतबार, मंसिर १९ २०७८

काठमाडौँ । गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

प्रेमिल शैलीको यस गीतमा  रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ । गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ । युवा युवतीबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ । 

भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन् । भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।