काठमाडौं । बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्सले किर्तिमान कायम गरेको छ ।
डि आर मुभिजले किनेको प्रकाश नेपाली सिनेमाको अहिलेसम्मकै महङ्गो मूल्य हो ।
सिनेमा ‘प्रकाश’ का निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको हो । डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स ८० लाख रुपैयाँमा खरिद गरेको हो । यो चलचित्रका अधिकांश दृष्य जुम्लामा छायांकन गरिएको छ ।
सिनेमाको पोस्टर तथा टिजर सार्वजनिक नै नभई सिनेमाको डिजिटल राइटस बिक्रि भएको छ ।
निर्माता अधिकारीले चाँडै पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिने बताए ।
सिनेमाको भारतमा हिंन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी छ । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।
दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमामा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय छ ।