बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिभिल मलमा सपिङ्ग गर्दा जिते टिभिएस अपाचे बाइक

बुधबार, मंसिर १५ २०७८

काठमाडौँ l सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्तर्गतको बम्पर उपहार काठमाडौ बानेश्वरका सुजन लामिछानेले प्राप्त गर्न सफल भएका छन् ।

बम्पर अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २ भी बाइक बिजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले बाइकको साँचो हस्तान्तरण गरेका छन् ।

त्यस्तै बम्पर अन्तर्गत एल जी टिभी रिता थापा र सिजि रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो । लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहोलो ओटिटि प्लाटफर्म एक्सलट्रीप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न बिजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मल सञ्चालनमा ल्याएको बताइएको छ । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मल प्रवेश अगावै सेनिटाइजर लगाएर भित्र प्रवेश गराइ रहेको मलले जनाएको छ । त्यस्तै हरेक दिन खुल्नुअघि मल क्षेत्रलाई निर्मलीकरण समेत गर्दै आएको छ । सामाजिक दूरी कायम गर्न÷गराउन विभिन्न ठाउँमा संकेत र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ ।