काठमाडौं । मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरुप नरहेको, भन्दै सरकारले कारबाही गरेको छ ।
कम्पनीले उत्पादन गरेको मारुती सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो ।
कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै भएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
त्यस्तै कारबाहीमा पर्ने अर्को सिमेन्ट कम्पनी युनाइटेड पनि कमजोर स्ट्रेन्थ भएको पाइएको हो । कम्प्रेसिभ स्ट्रेन्थ ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ मात्रै भएको विभागले जनाएको छ ।