बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गायिका अन्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु’ सार्वजनिक

शनिबार, कार्तिक २७ २०७८

काठमाडौँ l गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ । सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रिकेस गुरुङ रहेकाछन । 

हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस’ मा भोकल रेकर्ड गराएकी हुन् । यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ । यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो । 

यसपटक पुष्प खड्कासँग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क छन् । नेपाली वेबसाइटको अफिसियल यू–ट्युवमा सार्वजनिक उक्त गीत दर्शक स्रोतामाझ निकै रुचाइएको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनु हुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउँछन् । 

यस गीतको भिडियोमा अन्य कलाकारहरू सोनी ल्वागुन, विवेक दत्त मंगेस र सुरेश वाग्लेको समेत अभिनय देख्न सकिन्छ ।