बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रवि प्याकुरेल अन्जान को शब्द, अनि सृष्टि सिवा को स्वरमा आज मेरो दिल जलेर सार्वजनिक

सोमबार, कार्तिक २२ २०७८

काठमाडौ l नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिएका चर्चित गायक प्रमोद खरेलको स्वरमा आज मेरो दिल जलेर यस अघि सार्वजनिक भएसंगै अहिले सोही गीत फिमेल भर्जनमा नेपाली आधुनिक गीत संगीतको यात्रामा भर्खर नयाँ कदम चाल्दै गरेकी नव गायिका सृष्टि सिवाको स्वरमा बजारमा आएको छ ।

सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी, धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दे आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ ।

यसअघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन । २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

यहाँ दुनियाँ नै माया प्रेम मा अडिएको हुन्छ जहाँ कहिले मिलन त कहिले बिछोड भैरहन्छ सपना एउटा सँग देखिन्छ त यथार्थ अर्कै संग जोडिन्छ यही समाजिक यथार्थवादी कुराको भाव यस गीतमा समावेश गरिएको छ ।

प्रस्तुत गीत लाई अहिले कभर भिडियोमा सार्वजनिक गरिएको छ । राजकुमारको छायांकन तथा सम्पादन रहेको यो भिडियो एक्का कम्पनी प्रा.लि.ले निर्माण गरेको हो । गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

भिडियो लिंक
जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.त्रत्थइज्ञ(ज्ञत्तठकड