बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आयुष र एलिनाको ‘नतड्पाउन’ सार्वजनिक   

सोमबार, कार्तिक २२ २०७८

काठमाडौँ l युवा गायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतड्पाउन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना, राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

गायक आयुष १ बर्ष अघि ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । 

भिडियो लिंक
जततउकस्ररथयगतग।दभरध्ब्ब्ग्मह्न्इइल्प