बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इराकी प्रधानमन्त्री कादिमीलाई लक्षित गरि ड्रोन हमला, कादिमी सकुशल रहेको प्रष्टोक्ति

आइतबार, कार्तिक २१ २०७८

काठमाडौं । इराकी प्रधानमन्त्रीलाई लक्षित गरि ड्रोन हमला भएको छ । प्रधानमन्त्री निवासमा गरिएको हमलामा प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने सकुशल रहेको बताइएको छ ।

राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको थियो ।

हमला कसले र किन गरेको भन्ने अहिलेसम्म खुलेको छैन । यद्यपी प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्धेश्यले  आक्रमण गराइएको इराकी अधिकारीहरुको दाबी छ ।  

प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको बताउदै आम नागरिकलाई शान्त र धैर्य बन्न आग्रह गरेका छन् ।  गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध र प्रदर्शन हुदै आएका छन् ।