बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युरोपेली देशमा कोरोना भाइरसको महामारी फेरि ब्युँतियो, अघिल्लो वर्षको रेकर्ड तोड्न सक्ने खतरा

शनिबार, कार्तिक २० २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली देशमा पुनः कोरोनभाइरसको खतरा बढेको चेतावनी दिएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्र महामारीको केन्द्र बन्न थालेको बताए ।  

पछिल्लो पटक सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो बर्षकै अवस्थामा महामारी फर्किएको देखाएको छ ।  भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा क्युगले अहिले फेरि फर्किएको महामारीले अघिल्लो वर्षको ‘रेकर्ड’ तोड्न सक्ने खतरा औंल्याएका छन् ।

पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।

 कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाको पछिल्लो सङ्ख्या अनुमान गरेभन्दा उच्च रहेकाले महामारी थप बढ्न सक्ने डब्लुएचओ को भनाइ छ ।

क्यूगलेआगामी दिनमा  कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिएका छन् ।