बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वेली सञ्चारकर्मीले ल्याए देउसी गीत, देउसीको मौलिकता जोगाउने प्रयास

बुधबार, कार्तिक १७ २०७८

काठमाडौं । मोरंग र सुनसरीका सञ्चारकर्मीले नेपालीजनको बोलको देउसी गीत सार्वजनिक गरेका छन् ।  इटहरीमा आयोजित कार्यक्रमममा संचारकर्मीको समूहले तयार पारेको देउसी गीतको भिडियो सार्वजनिक गरिएको हो ।  

तिहारको पूर्वसन्ध्यमा लोकार्पण गरिएको सो गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेनाकालागि  मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार पारिएको गायक, रचनाकार तथा संगीतकार नरेन्द्र दंगालले बताए  ।

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको सो गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय  छ भने बालकुमार थेबेले हाँस्य अभिनय गरेका छन् । 

वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिती रहेको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने भन्दै गीत अत्यन्त राम्रो बनेको बताए । 
आदर्श बाल क्लव सुन्दरहरैंचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायाँकन पारस चौधरीले गरेका छन् ।

हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएकोमा सो भिडियोलाई केही घण्टामै दसौं हजारले हेरिसकेका छन् ।