बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पिरतीको खुल्ला आकाशमा रमाउदै निशा

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l तिहारको कोसेली स्वरूप गायिका निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । 

रोमान्टिक भर्सनको  यो गीतमा  रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्ध गरेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । 

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो । यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई सार्वजनिक भैसकेका छन् ।