बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आकाश र पुजाबीचको अनस्क्रिन प्रेम सार्वजनिक

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ । उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । 

हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत  र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ । 

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अनस्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।  किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो l