बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

किस्ता किस्तामा कहिलेसम्म इन्धनको मूल्यबृद्धि ? खाना पकाउने ग्याँसमा एकै चोटी ५० रुपैयाँ बढ्यो

शनिबार, कार्तिक १३ २०७८

काठमाडौं । सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर  तीन रुपैयाँले बढेर  १ सय १६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ ।

यस्तै एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर  ५० रुपैयाँले बढाएर एक  हजार ५ सय रुपैयाँ  कायम गरिएको छ ।

पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा  दुई अर्ब २२ करोड रुपैयाँ घाटा भएको पनि निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।