बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पासाङको ‘टारी खेत’ मा पुष्प र एलिशा सार्वजनिक 

मंगलबार, कार्तिक २ २०७८

काठमाडौँ l शिक्षण पेशा संगै लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो टारी खेत’ सार्वजनिक भएको छ ।

यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् । दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन् ।

साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ । शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।