बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

साम्राज्ञीको बोल्ड अवतार(भिडियो सहित)

मंगलबार, कार्तिक २ २०७८

काठमाडौँ l पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ ।

समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो ।

Capture.PNG

यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छिन् ।

उनले बोल्ड दृष्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको हो ।

Capture.PNG

प्रकाश विक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ ।

शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ ।

इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन् ।