बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दसैं सकिएपनि सुनचाँदीको मूल्य भने उकालियो

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ  तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन प्रतितोला  ९० हजार ८ सय रुपैयामा आज कारोबार भइरहेको छ ।  गत सोमबार प्रतितोला ९० हजार १ सय ५० मा तेजाबी सुनको कारोबार भएको थियो ।
 
महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २ सय २५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला  एक हजार १ सय ८० मा कारोबार भएको थियो ।