बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केएल टावरको “टिभिएस रमाइलो दशैँ तिहार योजना” हरेक हप्ता उपहारै उपहार

शुक्रबार, असोज २२ २०७८

काठमाडौँ l केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइने छ ।

Capture.PNG

एक हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभि, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ । 

Capture.PNG

बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।  

Capture.PNG

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरु समेत खुलेका छन् ।

Capture.PNG

सिनेमा हलहरु खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ्ग मलहरु दशैं नजिकिएसँगै विभिन्न अफरका साथ संचालनमा आउन थालेका छन् । टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।