काठमाडौं । मुस्ताङी च्याङ्ग्राको भाउ आकाशिएपछि, म्याग्दीका उपभोक्ता अन्यौलमा परेका छन् ।
म्याग्दी सदरमुकाम बेनी बजारमा ल्याइएका करीब १५० च्याङग्रा हेर्न पुगेका स्थानीयले, रोज्जा च्याङ्ग्राको भाउ ५० हजार पर्ने भएपछि, निरास भएर फर्कने थालेका छन्। कोभिड–१९ का कारण कोरला नाका ठप्प भएसँगै तिब्बतबाट नआउँदा, मुस्ताङी भेडा च्याङ्ग्राको भाउ आकाशिएको हो ।
मुस्ताङमा नै च्याङ्ग्राको भाउ ७ देखि १० हजारसम्म बढी पर्ने गरेको, लोमान्थाङका व्यापारी पासाङ गुरुङको भनाइ छ । गत वर्ष मुस्ताङमा २७ हजार लिने गरेको च्याङ्ग्रा अहिले ३५ हजार भन्दा माथि पुगेको व्यापारीहरुको भनाइ छ ।
स्थानीय ठाउँमा पनि, पोहरभन्दा यसपाली खसी–बोकाको मूल्य, ५ हजारसम्म बढेको, छ । अहिलेसम्म किलोको एक हजारमा पाइने खसीको मासु दशैंमा १२ सयको हाराहारी पुगेको छ । महँगी बढेपछि सर्वसाधारणलाई चाडपर्व मनाउन सकस परेको छ । मूल्य नियन्त्रणमा सरकारले चासो नदिदा वर्षेनी उपभोक्ता ठगिने गरेका छन् ।