बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको स्थिर

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार बढेको हो ।  नेपाल सुनचाँदी रत्न तथा अभुषण महासंघका अनुसारसुनको भाउ मंगलबार तोलाको ५०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलामा ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।