बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

देशप्रेम र बिदेशी जीवनको भोगाइ समेटिएको गीत ‘भन्छौ रे देश’ सार्वजनिक

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सागीतिक छेत्रमा सक्रिय संगीतकार एबम गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ ।

देशप्रेम र बिदेशी जीवनको भोगाइलाइ समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।

सन्तोष गिरीको जीवन्त अभिनय रहेको भिडियोलाइ अमेरिका छायांकन गरिएको हो जसलाई बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् ।

बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफी र पदम तिमिल्सिनाको सम्पादन रहेको  ’भन्छौ रे देश ’को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।