बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

९ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

शुक्रबार, असोज १५ २०७८

काठमाडौँ l नेपाली बजारमा आज  पनि सुनको मूल्य बढ्यो छ ।

बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार  भएकोमा आज शुक्रबार तोलाको ९०० रूपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।