बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

बिहिबार, असोज १४ २०७८

काठमाडौँ l नेपाली बजारमा आज  पनि सुनको मूल्यमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले १ हजार १२० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।