बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अभिनेता पल शाहकै गृह जिल्ला दाङमा छायांकन भएको थारु गीत ‘ओ सजन’ सार्वजनिक 

आइतबार, असोज १० २०७८

काठमाडौँ l चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वंम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् । 

यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन् । पल र कवितासंगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवाद पनि बोलेका छन् । विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन् । यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’ 

बिक्रम चौहानले निर्देशनतथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा  पनि देख्न सकिन्छ । म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ । यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ । सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।