बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको ‘केवल तिमी भित्रै’ सार्वजनिक 

बिहिबार, असोज ७ २०७८

काठमाडौँ l मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा गायक देब्स राई र गायिका  कल्पना प्राङ्ग्देन राईको स्वर रहेको छ । गीतमा शब्द पदम साधना कुलुङको रहेको छ । चन्द श्रेष्ठले संगीतवद्ध गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् । 

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा भिडियोमा मनि  के राईको कोरियोग्राफी रहेको छ भने विनोद विनिरजरा राईले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन । चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘एसएसओजी अफिसीयाल’ युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।