बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘यो माया होइन र’ को साथमा आए पारु र मनोज 

बुधबार, असोज ६ २०७८

काठमाडौँ l पाँचथरमा जन्मिएर १ दशक देखि बेलायतमा बसेर संगीत सिर्जनामा सक्रिय गायिका तथा गीतकार पारु राईले  आफ्नो दोस्रो गीत ‘यो माया होइन र’ को म्युजिक भिडियो  सार्वजनिक गरेकी छिन् । 

त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतमा समाजको यथार्थ प्रस्तुत गरिएको छ । गीतमा  गायिका पारु राईको स्वर, शब्द रहेको छ भने गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ । 

Capture.PNG

बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छा । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ । 

निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको  भिडियोलाई  कुशल श्रेष्ठले  छायांकन र निर्देशन गरेका हुन् ।  गायक थापा मगरको आधिकारिक च्यानल मनोज थापा मगर मार्फत भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोले दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ ।