आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मृत अवस्थामा फेला 

आइतबार, असोज ३ २०७८

काठमाडौँ l काठमाडौं, काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरको दक्षिण ढोका नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० बर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय अनिष राई सोही गाउँपालिका–२ स्थित वेलारी खोलाको किनारमा मृत अवस्थामा शनिबार फेला परेका छन् । 

कैलाली, गौरीगंगा नगरपालिका–६ दैद्धारी बस्ने ३० वर्षीय बालकृष्ण चौधरी आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

रुकुम पश्चिम, चौरजहारी नगरपालिका–३ राप्तीसागरस्थित ठुलोभेरी बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।