डि आर अटुको संगीतमा “झस्कायो माइली”काठमाडौँ l द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ ।
प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।
ममता राई यात्री को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । ज्ञानेन्द शर्मा हुमागाईको छायाँकन, विकाश ज्ञवालीको सम्पादन, एलिस राईको निर्देशन भिडियोमा रहेको छ ।
“झस्कायो माइली” गीतको भिडियोमा एलिस राई, अनुसा राई, प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ ।