काठमाडौँ l लेखक तथा गायक श्री कृष्ण लुइँटेल (बोके दारी) को नयाँ गीत तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएको छ ।
बि.सं २०५६ सालमा सार्वजानिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात गायक लुइँटेलले पुन ’साली कमला २’ आफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् ।
संगीत, गायन तथा शब्द बोकेदारी स्वंमले गरेकाछन भने गीतको एरेन्ज जोनी योन्जनको रहेको छ । केशव रायमाझिको निर्देशन, सुमन योन्जनको छायाङकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुवेदीको प्रस्तुती रहेको छ । म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।
लुइँटेलका ए बा किन्देउन भट भट भटे, डल्ले कि बहिनी, तेरो बाऊ थोते, सुनको सिक्री, ओके छ त, बाँके बर्दिया, केराको थम्बा, गीत बज्यो ट्याक्सिमा लगायत दुई सय भन्दा बढी गीतहरू सार्वजानिक भइसकेकाछन् ।