बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगानिस्तानमा रहदा सहयोग गर्नेका लागि बेलायतको ढोका खुल्ला : प्रधानमन्त्री जोनसन

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । अफगानिस्तानमा रहदा आफ्ना नागरिक र बेलायती मिसनलाई सहयोग गर्नेलाई  बेलायतले स्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । आफ्ना नागरिक र आफूलाई सहयोग गर्नेहरुप्रति बेलायत ऋणी रहेको भन्दै प्रधानमन्त्री बोरिस जोनसनले  उनीहरुलाई बेलायतको ढोका खुल्ला भएको बताएका छन् ।

जोनसनले अफगानिस्तानबाट पलायन भएर आफ्नो देश आएकाहरुले नयाँ शिराबाट जीवन सुरु गर्न सक्ने पनि बताएका छन् ।  यस अघि बेलायतले अफगानिस्तानबाट विस्थापित भएकाहरुलाई पाँच वर्षसम्म बस्न सक्ने योजना ल्याएको थियो ।

यसैबीच, अफगानिस्तानमा रहेका आफ्ना नागरिकको सुरक्षित उद्धारका लागि तालिबानसँग वार्ता भइरहेको पनि बेलायतले जनाएको छ । अफगानिस्तानमा अझै केही बेलायती नागरिक रहेकाले उनीहरुको उद्धारका लागि बेलायत चिन्तित छ ।