काठमाडौँ l शनिबार राति प्रसारण भएको हाँस्यव्यंग्य कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन–२’ यतिखेर चर्चा अनि विवादको घेरामा छ।
दोस्रो सिजनको अन्तिम ३ छनौट हुने ३४ औँ अध्यायमा सिक्किमबाट प्रतियोगितामा सहभागी भएका बिक्की अग्रवालको प्रस्तुति अनि निर्णायक सन्तोष पन्तको टिप्पणी विवादको विषयवस्तु हो।
युट्युबमा ट्रेन्डिङ १ मा पुगेको यो अध्यायमा आएका धेरै जसो कमेन्टमा बिक्की अग्रवालको समर्थन र निर्णायक सन्तोष पन्तको टिप्पणीको आलोचना भएको छ।
अपलोड भएदेखि समाचार बनाउँदासम्म यो अध्यायलाई ११ लाख भन्दा धेरैपल्ट हेरिएको छ भने १० हजार भन्दा धेरै कमेन्टहरु आइसकेका छन्। धेरै कमेन्टमा दर्शकले बिक्की अग्रवालको समर्थन र पन्तको आलोचना गरेका छन्।
के हो पेन्टोमाइम ?
पेन्टोमाइम बेलायतबाट शुरु भएको एउटा हसाउने शैली हो । ‘पेन्टोमाइम’मा संगीतिक माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउने गरिन्छ ।
पेन्टोमाइम प्राय क्रिसमस र नयाँ वर्षहरुमा प्रयोग गर्ने गरिएको छ । विशेषगरि, बेलायत, आयरल्याण्ड लगायतका देशमा पेन्टोमाइमको प्रयोग भएको पाइन्छ ।
विशेषगरि देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत गरिन्थ्यो । आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ ।
पेन्टोमाइम’ को सुरु १६ औं शताब्दीमा आएको मानिन्छ । सरल भाषामा पेन्टोमाइमलाई माइम भनेर पनि बुझ्ने गरिन्छ । पेन्टोमाइममा कलाकारले आफ्नो शारीरिक हाउभाउबाट अभिनय गरेर दर्शक हसाउने गर्छन् ।