म्याग्दी, l मालिका गाउँपालिका–६ दुखु स्थित बेतुरी सामुदायिक जंगलको ओढारमा ५ नाल एकनाले भरुवा बन्दुक बुधबार दिउँसो बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले गस्ती गर्नेक्रममा उक्त ओढारमा वेवारिसे अवस्थामा ती भरुवा बन्दुकहरू बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।