काठमाडौ, l पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक गरेकी छिन । स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र रजिना रिमालको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन् ।
नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन् । गीतले प्रेम र बिछोडको कथा उठाएको छ । म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ ।
भिडियो