बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्वदेशका कम्पनिको पुनर्बिमामा विदेशी कम्पनी  रोजाइमा, १३ अर्ब भन्दा बढि रकम बाहिरियो 

बिहिबार, साउन २८ २०७८

काठमाडौं, । देशमा सञ्चालित बिमा कम्पनीले बिमाको पुन बिमा गराउँदा बिदेशी कम्पनी रोज्ने गरेका कारण देशबाट वर्षेनी अर्बौ रकम बाहिरिने गरेको छ । स्वदेशका कम्पनकिो भन्दा विदेशी कम्पनीको कमिसन् बढि हुने भएपछि  विदेशी कम्पनी रोजाइमा परेका हुन् ।  

पुनर्बिमा बापत बाहिरिने रकम रोक्न स्वदेशमा पुनर्बिमा कम्पनी खोलेपनि बाहिरिने रकममा भने कमि आउन सकेको छैन । कम्पनीहरुले स्वदेशको पुनर्बिमा कम्पनीमा बिमा गर्ने हिस्सा बढाउन नखोज्दा बाहिरिने रकममा कमि नआएको हो ।

अहिले देशमा १९ वटा जिवन बिमा र २० वटा निर्जिवन बिमा कम्पनी रहेका छन् । बिमा कम्पनीहरुले बिमा गरेपछि त्यसको  फेरी उनिहरुले पुनर्बिमा कम्पनीसँग त्यो पोलिसिको बिमा गराउने गर्छन् । जोखिमको भार कम गर्नका लागि बिमा कम्पनीहरुले पुनर्बिमा गर्ने गरेका छन् । बिमा कम्पनीले मात्रै हैन स्वदेशमा सञ्चालित पुनर्बिमा कम्पनीले पनि अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउने गर्छ । 

पुनर्बिमा कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्ष ८३ करोड ८१ लाख पुनर्बिमा बापत बाहिरिएकोमा यो वर्षको सोहि अवधिमा यस्तो रकम १० प्रतिशतले बृद्धि भएर ९२ करोड  ८९ लाख  पुगेको छ । त्यस्तै अन्य बिमा कम्पनीले अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पुनर्बिमा गर्दा आर्थिक वर्ष २०७५÷०७६ मा ११ अर्ब ५५ करोड रकम बाहिरिएकोमा आर्थिक वर्ष २०७६÷०७७  १३ अर्ब १० करोड बाहिरिएको बिमा समिति बताउँछ ।

पुनर्बिमा कम्पनी खुलेपछि भने अहिले देशमा पुनर्बिमा बापत पनि रकम भित्रिने गरेको छ । पुनर्बिमा कम्पनीका अनुसार गत आर्थिक वर्षमा १८ वटा देशहरुबाट  ६८ करोड रकम पुनर्बिमा बापत आएको थियो । त्यस्तै  गत वर्ष १४ वटा देशबाट करिब १ अर्ब ७३  करोड रकम भित्रिएको छ । अर्थात पुनर्बिमा कम्पनीले देशमा ल्याउने रकम १ सय ५३ प्रतिशतले बढेको छ ।

स्वदेशमा सञ्चालित बिमा कम्पनीले यहाँको पुनर्बिमामा २० प्रतिशत पुनर्बिमा गराउनु पर्ने व्यवस्था छ । तर, यो गरे नगरेको अहिलेसम्म खासै अनुगमन हुन सकेको छैन । जसका कारण  विदेशी कम्पनीले पत्याएर नेपालको पुनर्बिमा कम्पनीमा बिमा गर्ने क्रम बढेपनि स्वदेशी कम्पनीले यहि पुनर्बिमा गर्ने क्रम भने बढ्न सकेको छैन ।

अहिले देशमा दुईवटा पुनर्बिमा कम्पनि सञ्चालनमा रहेका छन् । स्वदेशमै पुनर्बिमा गर्ने र कमि ल्याउन सकिनेछ ।