बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु , ३ हजार ४ सय भन्दा बढि संक्रमित

बुधबार, साउन २७ २०७८

आज थप ३ हजार ४८१ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा  संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ९ सय ७ जनाको परीक्षण गर्दा २ हजार ६ सय १६ र एन्टीजेन बिधीबाट ५७४९ जनाको परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।

आज एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्।