लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जसपाका सन्तोष कुमार पाण्डेयले अचानक पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् ।
सिद्धान्त र नैतिकताको आधारमा राजिनामा दिएको पाण्डेयले तर्क गरेका छन् । मुख्य मन्त्री शंकर पोखरेलमाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबारबाट छलफल हुने तयारी भइरहदा अघिल्लो दिन नै पाण्डेयले सरकार छाडेका हुन् ।
एमालेलाइ हेर्ने दृष्टिकोणमा जसपा विभाजित हुदा पाण्डेयले एमालेलाइ सहयोग गरी मन्त्री पद प्राप्त गरेका थिए । पार्टीको निर्णय विपरित सरकारमा गएको भन्दै जसपाले उनलाइ कारबाही गरेर हटाएपछि उनले अदालतमा मुद्दा दर्ता गराएका छन् । सो मुद्दा अहिलेपनि विचाराधिन छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।