आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रश्नपत्र चोर्ने ११ प्रहरीलाइ कारबाहीको सिफारिश

बुधबार, साउन २७ २०७८

प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रश्नपत्र चोरीमा संलग्न, ११ जनालाई कारबाही गर्न, छानबिन समितिले सिफारिस गरेको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई बर्खास्तदेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको हो ।

गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले, ७ सदस्यीय छानबिन समिति बनाउनुभएको थियो ।

अध्यययन प्रतिवेदनमा, यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । 
डीएसपी रुपेश खड्कालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।

शुक्रवार र शनिवार भएका परीक्षाका ४ वटै प्रश्नपत्र लीक भएको ठहर गर्दै समितिले पुनः परीक्षा गर्नुपर्ने सिफारिस गरेको छ  ।