पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसिआर दुवै परिक्षणबाट कुल
१९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा ४९ सय ४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ ।