बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तत: लियोनल मेस्सी पीएसजीमा अनुबन्धित ,वार्षिक २५ मिलियन यूरो तलब

मंगलबार, साउन २६ २०७८

बार्सिलोनो छोड्दा तुरुक्कै रोएका अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी दुई वर्षकालागि  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् ।

बार्सिलोनाबाट अलग भएकोे औपचारिक घोषणा गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा आफ्ना समर्थकमाझ मेसी भावविह्वल बनेका थिए । त्यसको भोलिपल्टै मेसीले पीएसजी जोइन गर्ने औपचारिक पुष्टि भएको हो ।

६ पटकसम्म बालोन डी ओर जितेका मेस्सीले गत हप्ता मात्रै बार्सिलोना छोडेका थिए ।  पीएसजीले प्रति वर्ष मेसीलाइ २५ मिलियन युरो दिने सम्झौता गरेको छ । 

मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ । 
 

मेस्सीले बार्सिलोनामै रहने चाहना व्यक्त गर्दै आएका थिए । तर बार्सिलोनाले आर्थिक संकट देखाउदै उनको सम्झौता नविनकरण गरेन ।